माण्डु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १० गतेदेखि सर्वसाधरणका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २०६ रुपैयाँ दरले १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।

फेसबुकमा भ्रमपूर्ण सूचना प्रसारण गर्ने दुई मेनपावरको लाइसेन्स निलम्बन Read Previous

फेसबुकमा भ्रमपूर्ण सूचना प्रसारण गर्ने दुई मेनपावरको लाइसेन्स निलम्बन

भारतले खाना पकाउने ग्यासको मूल्य २०० रूपैयाँ घटायो Read Next

भारतले खाना पकाउने ग्यासको मूल्य २०० रूपैयाँ घटायो