रुसी राष्ट्रपति पुटिन ‘जी २०’ शिखर सम्मेलनमा भारत नआउने

नयाँदिल्ली । विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वान्टीको आगामी महिना भारतको नयाँदिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

आगामी सेप्टेम्बर ९ र १० मा हुने उक्त शिखर सम्मेलनमा सहभागी नहुने जानकारी राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका हुन् ।

उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने जी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

आलु उत्पादनमा फड्को मार्दै बागलुङ, एक वर्षमै फल्यो ६० हजार मेट्रिकटन Read Previous

आलु उत्पादनमा फड्को मार्दै बागलुङ, एक वर्षमै फल्यो ६० हजार मेट्रिकटन

फेसबुकमा भ्रमपूर्ण सूचना प्रसारण गर्ने दुई मेनपावरको लाइसेन्स निलम्बन Read Next

फेसबुकमा भ्रमपूर्ण सूचना प्रसारण गर्ने दुई मेनपावरको लाइसेन्स निलम्बन