काठमाडौ । निर्जीवन बीमा कम्पनी बीच व्यवसायमा लिडर बन्न कडा टक्कर देखिएको छ । मर्जरपछि बनेका कम्पनीहले विगतमा वर्चश्व राख्दै आएको शिखर इन्स्योरेन्सलाई पछि पारेका छन् ।
व्यवसायका आधारमा साउनमा शिखर इन्स्योरेन्सलाई तीन कम्पनीले उछिनेका छन् । बीमा शुल्क संकलनमा शिखरलाई सगरमाथा लुम्बिनी (सलिको), सिद्धार्थ प्रिमियर र हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछि पारेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले साउनमा कुल २ लाख १३ हजार ८०३ वटा पोलिसी बिक्री गरेका छन् ।
साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक ५५ करोड १५ लाख बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख, हिमालयन एभरेष्टले ३४ करोड ३७ लाख र शिखरले ३३ करोड ६८ लाख बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख सानिमा जीआइसीले १७ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबै भन्दा कम १४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।