प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् ।

शुक्रबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा मानन्धरलाई नियुक्त गरेको हो । मानन्धर यसअघि प्राइममै डेपुटी सीईओ पदमा कार्यरत थिए ।

नवनियुक्त सीईओ मानन्धरले आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

सीईओ मानन्धरसँग बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा धेरै काम गरेको अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट समेत रहेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही काम गरिसकेका छन् ।

जनकपुरमा होटलमा १० अर्ब बढी लगानी, आर्थिक गतिविधि नबढ्दा व्यवसायी निराश Read Previous

जनकपुरमा होटलमा १० अर्ब बढी लगानी, आर्थिक गतिविधि नबढ्दा व्यवसायी निराश

लगानी विस्तारमा आक्रमक बन्दै एचआइडीसीएल, एकैपटक ४ आयोजनामा १३ अर्ब लगानी गर्दै Read Next

लगानी विस्तारमा आक्रमक बन्दै एचआइडीसीएल, एकैपटक ४ आयोजनामा १३ अर्ब लगानी गर्दै