काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । पेट्रोलियम पद्धार्थको भएको मूल्यवृद्धिपछि प्रदेश सरकारले भाडादर बढाएको हो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि नै लागू हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो ।
नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ तिर्नुपर्नेछ । अर्थात् अब काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चढ्ने बित्तिकै १९ रुपैयाँ तिनुपर्नेछ । यसअघि न्यूनतम भाडादर १८ रुपैयाँ थियो ।
यसैगरी, १० किलोमिटरको २४ रुपैयाँ बढाएर २६ रुपैयाँ, १५ किलोमिटरसम्मको २९ बाट बढाएर भएर ३१ रुपैयाँ, २० किलोमिटरसम्मको ३२ बाट बढाएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ पुर्याइएको छ ।
बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सीहरुको भाडादर पनि कायम गरिएको छ । जहाँ फ्याग डाउनको ५२ रुपैयाँ कायम गरेको छ । अब ट्याक्सीहरुको २०० मिटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा तोकिएको छ ।