अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो, मन्त्रालयमा तानिए

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ ।

६१ किलो सुन प्रकरणमा मुख्य आरोपी रहेका दावा छिरिङसँग उनको कुराकानी भएको सार्वजनिक भएपछि मन्त्रालयले उनलाई  हटाएको हो ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो ।

अधिकारीलाई गृहले जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको छ । उनले गत फागुन १७ गतेदेखि अध्यागमन विभागको जिम्मेवारी सम्हालेका थिए ।

सेयर बजारमा टिकेन हरियाली, उच्च अंकको गिरावट Read Previous

सेयर बजारमा टिकेन हरियाली, उच्च अंकको गिरावट

ग्राहक तान्न सेवामा आक्रमक बन्दै नयाँ ब्रोकर, यसरी दिँदै छन् फरक सुविधा Read Next

ग्राहक तान्न सेवामा आक्रमक बन्दै नयाँ ब्रोकर, यसरी दिँदै छन् फरक सुविधा