काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्ला दुई दिन लगातार ४७ अंकले बढेको नेप्से आज ३१ अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.९२ प्रतिशतले घटेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, घोराही सिमेन्ट झन्डै ७ करोड र शिवम् सिमेन्ट ५ करोड बढीको कारोबार हुँदै शिर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा पनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा मोलुङ हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ८.५४ प्रतिशत गुमाएका छन् ।