समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्वीजिशन) गर्ने भएको छ ।

दुई संस्थाले भदौ ७ गते (बिहीबार) बिहान प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्था बीच कति सेयर अनुपात (स्वाप रेसियो)मा प्राप्ति हुने भन्ने बारे केही खुलाइएको छैन ।

हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

प्राप्ति सम्बन्धी सम्झौता गरेसँगै नेप्सेले दुवै लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ ।

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन, अझै २३ प्रतिशत काम बाँकी Read Previous

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन, अझै २३ प्रतिशत काम बाँकी

भिजन लुम्बिनी ऊर्जाले पायो आइपीओ जारी गर्न अनुमति Read Next

भिजन लुम्बिनी ऊर्जाले पायो आइपीओ जारी गर्न अनुमति