काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधरणलाई जारी गर्नेछ ।
कम्पनीले यसअघि नै आइपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।