नेपालको सहकारी इतिहासमै पहिलो पटक पीओएस मेसिन शुभारम्भ

गैँडाकोट । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पीओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ ।

उक्त मेसिनको अनावरण मंगलबार गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो ।

सो पीओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उनले जानकारी दिए । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाइ छ ।

विसं २०४८ मा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

थाई एयरवेजकाे नेपाल जीएसएमा सोसाइटी इन्टरनेशनल नियुक्त Read Previous

थाई एयरवेजकाे नेपाल जीएसएमा सोसाइटी इन्टरनेशनल नियुक्त

अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन Read Next

अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन