थाई एयरवेजकाे नेपाल जीएसएमा सोसाइटी इन्टरनेशनल नियुक्त

काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको छ । थाईले अगस्ट १ तारिखदेखि नै लागू हुने गरी सोसाइटीलाई जीएसए नियुक्त गरेको हो ।

सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।

यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ ।

थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे ।

‘थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त छु,’ उनले भने ।

थाईको नेपाल उडानले अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुन उनले बताए ।

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहले आफूहरु थाई एयरवेजको नेपालका लागि जीएसए नियुक्त भइ काम गर्न पाउँदा हर्षित र सम्मानित भएको बताए ।

 

 

एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय, नेपाललाई झन्डै ९ अर्ब दायित्व थप Read Previous

एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय, नेपाललाई झन्डै ९ अर्ब दायित्व थप

नेपालको सहकारी इतिहासमै पहिलो पटक पीओएस मेसिन शुभारम्भ Read Next

नेपालको सहकारी इतिहासमै पहिलो पटक पीओएस मेसिन शुभारम्भ