सलिको इन्स्योरेन्सले कमायो शिखरकोभन्दा धेरै नाफा, यस्ता छन् प्रमुख सूचक

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को खुद नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.२७ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म इन्स्योरेन्सले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ८ करोड बढी हो । कम्पनीले अघिल्लो वर्ष ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।

सलिकोले गत वर्ष कमाएको नाफा निर्जीवन बीम कम्पनी लिडर शिखरकोभन्दा झन्डै ५ करोड बढी हो । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको कम्पनीले मर्जरबाट प्राप्त सिनर्जीले नाफा बढाएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क संकलन र खुद आम्दानी दुवै बढेको छ । गत असारसम्म सलिकोको बीमा शुल्क संकलन १०.०५ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड पुगेको छ । यस्तै, खुद बीमा शुल्क १४.९५ प्रतिशत बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी २२ लाख बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म इन्स्योरेन्सले १ लाख ५६ हजार २३ वटा बीमालेअ जारी गरी ३ अर्ब ४१ करोड बीमाशुलक आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २ अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ३२ लाख रुपैयाँ संचित छ । त्यस्तै, बीमा कोषमा २ अर्ब २८ करोड र महाविपत्ति कोषमा १८ करोड ४५ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीेको प्रतिसेयर आम्दानी २९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.४८ गुणा छ ।

अपि पावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

अपि पावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

आजदेखि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा आबद्ध हुनसक्ने Read Next

आजदेखि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा आबद्ध हुनसक्ने