साना किसान लघुवित्तको खुद नाफाभन्दा वितरणयोग्य नाफा दोब्बर धेरै

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । गत वर्ष आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई गाभेको साना किसानको नाफा १६.७५ प्रतिशतले बढेको छ ।

लघुवित्तले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार असारसम्म लघुवित्तले ८१ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ११ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ६९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा १६.६४ प्रतिशतले बढेर १ अर्ब १६ करोड पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले १ अर्ब ८५ करोड करोड निक्षेप संकलन र १९ अर्ब २९ करोड सापटी लिइ कुल ४४ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ ।

हाल ३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ७३ करोड र जगेडा कोषमा ३ अर्ब ५१करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ छ । जसबाट सेयरधनीलाई ५२.२१ प्रतिशत लाभांश दिन सक्छ ।

खुद नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ४४.५८ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ३.८९ घटेर ४०.६९ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५९.३९रुपैयाँ, खराब कर्जा ०.६१ प्रतिशत र मूल्य आम्दानी अनुपात २२.०९ गुणा रहेको छ ।

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ? Read Previous

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ?

जब अर्थमन्त्रीले बैंकका सीईओलाई प्रश्न सोधे, सीईओले स्थानीय तहको पैसा मागे Read Next

जब अर्थमन्त्रीले बैंकका सीईओलाई प्रश्न सोधे, सीईओले स्थानीय तहको पैसा मागे