नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मौद्रिक नीतिपछि लगातार २०७ अंकले घटेर गत बुधबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको छ ।

आइतबार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको सेयर कारोबार भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो बढोत्तरी भएको छ । आज ३ अर्ब १ करोड रुपैयाँ बढीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ ।

आज नेपाल इन्स्योरेन्सको प्रमोटर सर्वाधिक कारोबार भएको छ । यसको साढे ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

आजैबाट कारोबारमा आएको घोराही सिमेन्टको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति गरिँदै, ठेक्का लगाउने तयारी Read Previous

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति गरिँदै, ठेक्का लगाउने तयारी

खस्कियो जीवन बीमा व्यवसाय, एकचौथाईले घट्यो प्रथम बीमा शुल्क संकलन Read Next

खस्कियो जीवन बीमा व्यवसाय, एकचौथाईले घट्यो प्रथम बीमा शुल्क संकलन