बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति गरिँदै, ठेक्का लगाउने तयारी

सांकेतिक तस्वीर ।

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार गर्न ठेक्का लगाउने तयारी गरिएको छ । हाल दुई लेनमा रहेको यस सडकलाई स्तरोन्नति गरी ४ लेनको बनाउन लागिएको हो ।

सडक विभागका प्रवक्ता रामहरी पोखरेलले ठेक्का आह्वानका लागि अन्तिम तयारी भइरहेको बताए । ५० किलोमिटर सडक बुटवल–गोरुसिङ्गे विस्तारका लागि आगामी १० दिनमा ठेक्का आह्वान गरिने उनले बताए ।

‘अहिले ठेक्का आह्वानको अन्तिम चयारीमा छौँ, ८/१० दिनमा ठेक्को सूचना निकाल्ने छौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने । बुटवलब– गोरुसिङ्गे सडक विस्तारको डिजाइन भने तयार भइसकेको छ । एसियाली विकास बैंकको सहयोगमा बनेको उक्त डिजाइन स्विकृत समेत भइसकेको प्रवक्ता पोखरेलले बताए ।

झण्डै ६० वर्ष पुरानो बुटवलबाट गोरुसिङ्गेसम्म ५० किलोमिटर सडक हाल आएर विस्तार हुन लागेको हो । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको हो ।

गोरुसिङ्गे–चन्द्रौटा खण्डको डिजाइन बन्न बाँकी

गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर सडक पनि विस्तार गर्न लागिएको छ । सो खण्डको भने डिजाइन तयार हुन बाँकी रहेको छ । सो सडक खण्डमा समेत चाँडै डिजाइन तयार गरी ठेक्का प्रकृया सुरु गरिने प्रवक्ता पोखरेलले बताए ।

यी सडक विस्तारसँगै पूर्व–पश्चिम राजमार्गमा हुने सवारीको चाप सहज ढंगले सञ्चालन हुने अनुमान गरिएको छ । बढ्दो सवारी चापसँगै राजमार्गका सडक विस्तार कार्य समेत बढ्दै गएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काम भइरहेको छ । विगत तीन वर्षदेखि चाइना स्टेट कम्पनीले उक्त खण्डमा सडक विस्तारको काम गरिरहेको छ ।

 

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक Read Previous

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट