ग्लोबल आइएमई लघुवित्तको नाफा आधा घट्यो, खराब कर्जा ३ गुणा बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै आधाले घटेको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.४४ प्रतिशतले घटेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म १२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ११ करोड १७ लाख रुपैयाँ कम हो । अघिल्लो वर्ष लघुवित्तले २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, संचालन नाफा घट्नुका साथै इम्येरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.२९ प्रतिशत घटेर ५० करोड २० लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, लघुवित्तको संचालन मुनाफा ४५.८९ प्रतिशतले घटेर १८ करोड ५८ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब १२ करोड निक्षेप संकलन गरी ७ अर्ब २८ करोड कर्जा लगानी गरेको छ । हाल ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङ तथा जगेडा कोषमा ५२ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड २१ लाख रुपैयाँ छ । यसबाट लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश बाँड्न पुग्छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्षमा ४३.५१ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष २०.८१ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८५.८३ रुपैयाँ र खराब कर्जा तेब्बरले बढेर ४.३० प्रतिशत पुगेको छ ।

छापिएको २ लाख लाइसेन्स लिनै गएनन् सेवाग्राही, यातायात कार्यालयमै थन्किए Read Previous

छापिएको २ लाख लाइसेन्स लिनै गएनन् सेवाग्राही, यातायात कार्यालयमै थन्किए

मुग्लिन-पोखरा सडकमा बन्ने दुई सिग्नेचर पुलको डिजाइन तयार, बर्खा लगत्तै निर्माण थालिने Read Next

मुग्लिन-पोखरा सडकमा बन्ने दुई सिग्नेचर पुलको डिजाइन तयार, बर्खा लगत्तै निर्माण थालिने