विद्युत् प्राधिकरणकाे नाफा १ अर्ब ४ कराेडले घट्याे, संचित नाफा ३६ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८९/८० मा नेपाल विद्युत प्राधिकरणले कुल १२ अर्ब ३३ कराेड रूपैयाँ नाफा कमाएकाे छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणकाे नाफा अघिल्लाे वर्षकाे तुलनामा १ अर्ब ४ कराेड रूपैयाँले घटेकाे हाे ।

आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले वर्ष १३ अर्ब ३७ कराेड रूपैयाँ नाफा कमाएकाे थियाे । प्राधिकरणले दुई वर्षअघि आव २०७७/७८ मा ६ अर्ब १० कराेड रूपैयाँ कमाएकाे थियाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकारसम्मन गर्दै गत वर्ष विद्युत उत्पादन घटेकाे र माग बढेकाले आयात गर्नुपर्दा नाफा प्रभावित भएकाे बताए ।

`गत वर्ष सुख्खायामकाे समय बढेर खाेला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूकाे उत्पादन क्षमतामा ह्रास आउँदा र आन्तरिक माग बढ्दा आयात गरेर पूर्ति गर्नुपर्ने भएकाले केही नाफा प्रभावित भएकाे हाे,´ उनले भने ।

प्राधिकरणले विद्युत विक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकामा अहिले बढेर १ खर्ब १८ कराेड पुगेकाे उनले जानकारी दिए । प्राधिकरणकाे संचिति नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ कराेड रूपैयाँ पुगेकाे छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो भ्वाइस म्यासेजबाट भुक्तानी पुष्टि गर्ने सुविधा Read Previous

ग्लोबल आइएमई बैंकले ल्यायो भ्वाइस म्यासेजबाट भुक्तानी पुष्टि गर्ने सुविधा

सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो Read Next

सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो