सुर्खेतको छिञ्चुमा लक्ष्मी बैंक नयाँ शाखा संचालन

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।

 

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

हाल बैंकले देशभर ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

यस शाखाबाट ग्राहकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरु पाउनेछन् ।

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने Read Previous

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

पूँजीगत खर्चको अवस्था दयनिय, ४ महिनामा कूल बजेटको ६ प्रतिशत मात्र खर्च Read Next

पूँजीगत खर्चको अवस्था दयनिय, ४ महिनामा कूल बजेटको ६ प्रतिशत मात्र खर्च