बाढी-पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यी ठाउँमा छ अवरुद्ध

ग्राफिक्स : नेपाल प्रहरी

काठमाडौं । बाढीपहिरोले देशभरका मुख्य सडक राजमार्ग अबरुद्ध भएका छन् । गत रातिदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले दर्जनौं सडक अबरुद्ध भएका हुन् ।

नेपाल प्रहरीले अपडेट गरेको तथ्यांक अनुसार नारायणगढ–मुग्लिन, बिपी राजमार्ग, मदनभन्डारी, राजमार्ग, कान्तिराजपथ लगायत मुख्य सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार संघीय राजधानी काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

यसैगरी, मकवानपुरको बकैयास्थित लामराङमा पहिरोले खस्दा कान्ती लोकपथ अवरुद्ध भएको छ । बागलुङ नगरपालिका १० गलुवामा पहिरोले अाउँदा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।

यस्तै, नुवाकोटको कककी निगालेमा गएको पहिरो जाँदा पासाङल्हामु राजमार्ग, पाँचथरको फिदिम ४ मा पहिरो जाँदा तमोर करिडोर, काभ्रेको रोशी गाउँपालिका कालढुंगा र सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा बिपी राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनी–जोमसोम सडक खण्ड समेत अवरुद्ध भएको छ । यस जिल्लाको रघुगंगास्थित बैसरीमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । डडेलधुराको बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत आज अवरुद्ध भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले सडक अबरुद्ध भएको छ ।

 

 

हाइड्रोमा सबैभन्दा महँगो सेयर मूल्य भएको माउन्टेन इनर्जीको नाफा २१ करोड घट्याे Read Previous

हाइड्रोमा सबैभन्दा महँगो सेयर मूल्य भएको माउन्टेन इनर्जीको नाफा २१ करोड घट्याे

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट