एयरलाइन्स कम्पनीको सटही सुविधा दोब्बरले बढ्यो, अब १ लाख डलर साट्न पाउने

काठमाडौं । एयरलाइन्स कम्पनीहरुको पाउने सटही सुविधा दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा दोब्बरले बढाएको हो ।

नयाँ व्यवस्था अनुसार अब एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा १ लाख डलर साट्न पाउने छन् । यसअघि यस्तो सुविधा ५० हजार डलर मात्रै थियो ।

राष्ट्रिय ढुकुटीमा डलर संचिति बढेपछि राष्ट्र बैंकले सटही सुविधा खुकुलो बनाएको हो ।

पहिरोका कारण कान्तिलोकपथ र भीमफेदी-कुलेखानी सडक अवरुद्ध Read Previous

पहिरोका कारण कान्तिलोकपथ र भीमफेदी-कुलेखानी सडक अवरुद्ध

सामसङको ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को बुकिङ खुला Read Next

सामसङको ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को बुकिङ खुला