पहिरोका कारण कान्तिलोकपथ र भीमफेदी-कुलेखानी सडक अवरुद्ध

काठमाडौं । मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन्। पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा(भैसे(भीमफेदी(कुलेखानी(काठमाडौं सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

बाढीले काठमाडौंका नदी करिडोरका यी सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध Read Previous

बाढीले काठमाडौंका नदी करिडोरका यी सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

एयरलाइन्स कम्पनीको सटही सुविधा दोब्बरले बढ्यो, अब १ लाख डलर साट्न पाउने Read Next

एयरलाइन्स कम्पनीको सटही सुविधा दोब्बरले बढ्यो, अब १ लाख डलर साट्न पाउने