काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांश नदी करिडोरका सडक अवरुद्ध भएका छन् । गएरातिदेखि परेको पानीका कारण नदीमा ठूलो बाढी आउँदा करिडोरका सडक जलमग्न भई अबरुद्ध भएका हुन् ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकाका एक दर्जन बढी ठाउँमा नदी करिडोरका सडक अबरुद्ध भएको जनाएको छ ।
कार्यालयका अनुसार बाढीका कारण कुपनडोल पुल मुनि, बल्खु पुल मुनि, सानेपा कालो पुल, कुलेश्वर(सानेपा, टंकेश्वर(परोपकार, ढल्कु पुल, भत्केको पुल, रातो पुल, सेतो पुल, कालो पुलको बाटोमा अबरुद्ध भएका छन् ।
यस्तै, गुहेश्वरी(गौरीघाट करिडोर, कपन, दक्षिणढोका ढलाने पुल, युएन पुल र खहरे खोला करिडोर लगायतका स्थानहरुमा पानीको बहाव बढेकोले ट्राफिक व्यवस्थापनमा अवरोध पुगेको कार्यालयले जनाएको छ।
नदी करिडोरका बाटो अबरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेका छ ।