ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ।

 

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् ।

 

जेएमई रेमिटले स्थापनाकाल देखि नै जापानबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ।

 

बैंकको देशभरका १०२ वटा शाखाबाट जेएमई रेमिटको देश–विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ। हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटाएटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

१५ रुटका तार भूमिगत गर्दै नेपाल टेलिकम Read Previous

१५ रुटका तार भूमिगत गर्दै नेपाल टेलिकम

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने Read Next

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने