शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए शपथ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अग्रवाललाई शपथ खुवाएका हुन् ।

नव नियुक्त अध्यक्ष अग्रवालले ललितपुरको कुपन्डोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् ।

अग्रवाल साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका थिए । कम्पनीका यसअघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी सञ्चालक समितिले रिक्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको थियो ।

उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेको पनि उपस्थित थियो ।

 

नेप्सेले आइपीओ ल्याउने, ओटीसी बजार विस्तार गर्ने, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Previous

नेप्सेले आइपीओ ल्याउने, ओटीसी बजार विस्तार गर्ने, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

३ अर्ब बढीको कपाल स्याहारका सामग्री आयात, ६३ करोडको स्याम्पु Read Next

३ अर्ब बढीको कपाल स्याहारका सामग्री आयात, ६३ करोडको स्याम्पु