नेप्सेले आइपीओ ल्याउने, ओटीसी बजार विस्तार गर्ने, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । नेप्सेले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी डीडीए तथा आइपीओ प्रक्रिया अगाडि बढाउने भएको हो ।

यस्तै, नेप्सले इन्ट्रा-डे ट्रेडिङ तथा ओटीसी बजार विस्तार सम्बन्धी अध्ययन गर्ने कार्यक्रम बनाएको छ । यसैगरी, सदस्यता तथा सुपरीवेक्षण विनियमावली तर्जुमा गरी लागू गर्ने, सुपरिवेक्षणका लागि आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको उपयोग गर्ने, नेप्सेको पावर सिस्टमको स्तरोन्नति गर्ने कार्यक्रमा समावेश गरेको छ ।

नेप्सले अन्तराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेर खरिद गर्ने, एसएमइ प्लेटफर्म संचालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

यस्तै, नीति कार्यक्रममा नेप्सेले चालु आर्थिक वर्षमा नयाँ डाटा सेन्टर निर्माण गर्ने तथा हाल डाटा सेन्टरमा प्रयोग भइरहेको उपकरणहरु ‘डीआर साइट’ मा लैजाने प्रक्रिया सुरु गर्ने जनाएको छ ।

यस्तो नेप्सेको नीति तथा कार्यक्रम

 

भीभीआइपी र भीआइपी व्यक्ति स्वास्थ्य उपचार समिति गठन Read Previous

भीभीआइपी र भीआइपी व्यक्ति स्वास्थ्य उपचार समिति गठन

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए शपथ Read Next

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए शपथ