कृषि विकास बैंककाे नाफामा छलाङ, ४५.९८ प्रतिशतले बढ्याे

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षकाे वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंककाे खुद नाफा अघिल्लो वर्षकाे तुलनामा ४५.९८ प्रतिशतले बढेकाे छ ।
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकले अघिल्लो वर्षकाे तुलनामा करिब दाेब्बरले खुद नाफा बढाएकाे छ ।
बैंककाे खुद ब्याज आम्दानी घटेकाे छ भने खुद ट्रेडिङ्ग आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेकाे छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। जस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ।

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ? Read Previous

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ?

जग्गाकाे कित्ताकाट खुलाउन सरकार अझै अनिर्णित, नियमावली संशोधन बढेन अघि Read Next

जग्गाकाे कित्ताकाट खुलाउन सरकार अझै अनिर्णित, नियमावली संशोधन बढेन अघि