नेपालमै पहिलोपटक नेपालगञ्जमा आवास जोखिम बीमा लागू

जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा २१२ र वडा नं ७ मा ५३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो ।

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

उनले भने, ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले रु १५ लाखसम्मको रकम उपलब्ध गराउनेछ ।’

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।

‘अहिले अनुमानित रुपमा ८०० घर मात्र लिएका छौँ । यो सङ्ख्या बढ्न पनि सक्छ,’ उनले भने, ‘घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागिएको हो । रासस

आइएमई लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ? Read Previous

आइएमई लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

नबिल बैंक र गणपति वनस्पति बीच च्यानल फाइनान्सिङ सम्झौता Read Next

नबिल बैंक र गणपति वनस्पति बीच च्यानल फाइनान्सिङ सम्झौता