आइएमई लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीले सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ४ करोड कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १७६.५३ रुपैयाँदेखि ५२९.५९ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ILI संकेत चिह्न प्रदान गरेको छ ।

जुम्लाको काँचो स्याउ बजारमा, रोक्न सिफारिस अनिवार्य Read Previous

जुम्लाको काँचो स्याउ बजारमा, रोक्न सिफारिस अनिवार्य

नेपालमै पहिलोपटक नेपालगञ्जमा आवास जोखिम बीमा लागू Read Next

नेपालमै पहिलोपटक नेपालगञ्जमा आवास जोखिम बीमा लागू