सामसङले कमलादीमा संचालनमा ल्यायो प्रिमियम एक्स्पेरियन्स स्टोर

काठमाडौं । सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको संचालनमा ल्याएको छ । मंगलबार उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरेका हुन् ।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर संचालनमा ल्याइएको हो ।

यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरूले आफूले खरीद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरूलाई खरीदको निर्णय गर्न सहज हुनेछ ।

यो ब्राण्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ । ग्राहकहरूले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरू, त्यससँग आबद्ध इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरू, ट्याब्लेटहरू, सामसङ मोनिटरहरू, सामसङ उपकरणहरू र सामसङ टेलिभिजनहरू समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरूलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरूले सामसङका उत्पादनहरूलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरु सजिलै खरीद गर्न सक्नेछन् ।

स्टोरमा आउने ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो ।

यसले ग्राहकहरूलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरूले सजिलोसँग सामसङको सामानहरु खरीद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् । यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरूलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ ।

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, सबैभन्दा धेरै काठमाडौंमा Read Previous

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, सबैभन्दा धेरै काठमाडौंमा

हेटौंडा औद्योगिक क्षेत्रमा १०५ उद्योग सञ्चालनमा, १९ निर्माणधीन Read Next

हेटौंडा औद्योगिक क्षेत्रमा १०५ उद्योग सञ्चालनमा, १९ निर्माणधीन