काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा ९ रुपैयाँ र डिजेल/मट्टितेलमा ७ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा१७० रुपैयाँ, दोस्रो वर्गमा १७२ रुपैयाँ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५० रुपैयाँ, दोस्रोमा १५२ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर १ हजार ६६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।