काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको सविधानको धारा १६८ को उपधारा९२० बमोजिम थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखका लागि दाबी गर्ने समय ५ बजेसम्म दिइएकोमा थापाले अपराह्न ४ः४२ बजे खापुङसमक्ष दाबी पेश गरेका थिए । मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा)का एक जनाको समर्थनमा दाबी पेश भएको हो ।
प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमको राजीनामा गराइएको थियो । ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ ।
नवनियुक्त मुख्यमन्त्री थापाले भोलि बिहान १०ः३० बजे शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।