भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, ग्यासको भने घट्यो

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पनि नेपाल आयल निगमलाई भाउ बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ सूल्य सूची अनुसार डिजेल, पेट्रोलको भाउ बढर आएको छ भने एलपी ग्यासको घटेको छ । पेट्रोल प्रतिलिटर ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलण्डर करिब १०० रुपैयाँ घटेर आएको छ । निगमले गत साउन १ गते देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब डिजेल र पेट्रोलको मूल्य बढ्ने भएको छ भने ग्यासको घट्ने छ ।यद्यपि, निगमले औपचारिक घोषणा भने गरेको छैन ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

भारतले साढे २ गुणाले बढायो कच्चा पेट्रोलियम पद्धार्थमा लाग्ने कर, नेपालमा कस्तो पर्छ असर ? Read Previous

भारतले साढे २ गुणाले बढायो कच्चा पेट्रोलियम पद्धार्थमा लाग्ने कर, नेपालमा कस्तो पर्छ असर ?

विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने Read Next

विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने