हिमालयन लघुवित्तको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा जम्मा ६० लाख

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७८.५० प्रतिशतले घटेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ करोड ६१ लाख रुपैयाँ कम हो । लघुवित्तले अघिल्लो वर्षमा ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, संचालन आम्दानीमा गिरावट आउँदा र इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेर २० करोड २ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन आम्दानी ७९.०४ प्रतिशत घटेर २ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेर ४ अर्ब १६ करोड र कर्जा लगानी १५.०८ प्रतिशत बढेर ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

हाल ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ५५ लाख, रिटेन्ड अर्निङमा ९० लाख ९८ हजार र जगेडा कोषमा ८ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख ९८ हजार रुपैयाँ मात्रै छ । यसबाट लघुवित्तले सेयरधनीलाई १.९१ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्षमा २४.८१ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी २१.०१रुपैयाँले घटेर ४.८१ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५६.७६ गुणा, खराब कर्जा झन्डै दोब्बरले बढेर २.३७ प्रतिशत पुगेको छ ।

वर्षौँ बित्दा पनि सम्पन्न भएनन् अर्बौँं लगानीका सडक, जोखिमपूर्ण यात्रा गर्न बाध्य Read Previous

वर्षौँ बित्दा पनि सम्पन्न भएनन् अर्बौँं लगानीका सडक, जोखिमपूर्ण यात्रा गर्न बाध्य

नेपालका चर्चित ३ बन्जी जम्प, कहाँ जाँदा कति लाग्छ खर्च ? Read Next

नेपालका चर्चित ३ बन्जी जम्प, कहाँ जाँदा कति लाग्छ खर्च ?