कोरियाको पानी जहाज कम्पनीले माग्यो नेपाली कामदार, आवेदन खुल्यो

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको ईपीएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि आज सूचनासमेत प्रकाशित गरिएको छ ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

४५ वर्षपछि बाह्यभन्दा आन्तरिक ऋण धेरै, अर्थतन्त्रलाई खतरा Read Previous

४५ वर्षपछि बाह्यभन्दा आन्तरिक ऋण धेरै, अर्थतन्त्रलाई खतरा

नयाँ बसपार्कमा यात्रुको झोला तान्ने १० जना पक्राउ Read Next

नयाँ बसपार्कमा यात्रुको झोला तान्ने १० जना पक्राउ