लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं । सरकारले लघुवित्त पीडित संघर्ष समितिसँग वार्ता गर्न समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयले लघुवित्त पीडितसँग वार्ता गर्न वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको जनाएको हो ।

अर्थमन्त्री स्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहेका छन् ।

राष्ट्र बैंकले छुट्टै डेस्क स्थापना गरी लघुवित्त सम्बन्धी गुनासो सुन्दै आएको भए पनि पछिल्लो समय लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरुको समस्या समाधान गर्न वार्ता समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

पीडितहरुले लघुुवित्त संस्था खारेज हुनुपर्ने, असुलेको चर्को चर्को जथाभावी लिलामी गरेको धितो फिर्ता हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिहरेका छन् ।

कोटेश्वर-कलङ्की भन्दा फरक डिजाइनमा बन्दैछ कलङ्की-बसुन्धारा सडक Read Previous

कोटेश्वर-कलङ्की भन्दा फरक डिजाइनमा बन्दैछ कलङ्की-बसुन्धारा सडक

सिटिजन्स बैंकको नाफा २१ करोड बढ्यो, वितरणयोग्य नाफा कति ? Read Next

सिटिजन्स बैंकको नाफा २१ करोड बढ्यो, वितरणयोग्य नाफा कति ?