काठमाडौं उपत्यकामा घट्यो गाडी भाडा, कहाँकाे कति ? (भाडादरसहित)

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशको सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरी प्रदेशभर छोटो दूरीको भाडा समायोजन गरेको हो ।

नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको दुई सातापछि बागमती सरकारले भाडादर समायोजन गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाको न्यूनतम भाडादर १ रुपैयाँ घटेको छ ।

अब ५ किलोमिटरसम्मको दूरीको यात्रा गर्दा न्यूनतम भाडा १८ रुपैयाँ तिर्नुपर्दछ । यसअघि ५ किलोमिटरसम्मको न्यूनतम भाडादर १९ रुपैयाँ थियो ।

त्यसैगरी, उपत्यकाभित्र १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किमीसम्म २९ रुपैयाँ, २० किमीसम्म ३२ रुपैयाँ र २० किमीभन्दा बढी दूरीको यात्रा गर्दा न्यूनतम ३७ रुपैयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।

 

लघुवित्त विरुद्धको गुनासो टिपाउनू : राष्ट्र बैंक Read Previous

लघुवित्त विरुद्धको गुनासो टिपाउनू : राष्ट्र बैंक

चुनाव खर्च नबुझाउँदा गगन थापाले तिरे १५ हजार जरिवाना Read Next

चुनाव खर्च नबुझाउँदा गगन थापाले तिरे १५ हजार जरिवाना