लघुवित्त विरुद्धको गुनासो टिपाउनू : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त विरुद्धको गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरु पीडित भएको भन्दै आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

नियम बाहिर गएर काम गरेको पाइए लघुवित्तलाई कारबाही गर्ने भन्दै राष्ट्र बैंकले पीडितलाई गुनासो टिपाउन भनेको छ । ‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा गैरकानुनी ढंङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगाायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टलबाट, इमेल मार्फत वा कार्यालय समयमा राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्तागरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनवाइ डेस्क स्थापना गरेको छ ।

मिटर ब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित Read Previous

मिटर ब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं उपत्यकामा घट्यो गाडी भाडा, कहाँकाे कति ? (भाडादरसहित) Read Next

काठमाडौं उपत्यकामा घट्यो गाडी भाडा, कहाँकाे कति ? (भाडादरसहित)