काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुवै लघुवित्तले साउन ९ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई लघुवित्त बीच कति स्वाप रेसियो (सेयर अनुपात)मा मर्जरमा जाने बारे केही खुलाइएको छैन । हाल जाल्पा लघुवित्तको चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ रहोके छ भने किसानको चुक्ता पूँजी ५० करोड ६६ लाख रुपैयाँ छ ।
मर्जर सम्झौतापछि दुवै लघुवित्तले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह गरेका छन् । साधरण सेयर भने नियमित कारोबार भइरहने छ ।