काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
क्यापिटल सञ्चालक समितिको साउन ९ गते बसेको बैठकले लगानीकर्तालाई करसहित ४६ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
क्यापिटलले उक्त लाभांश पारित गर्न साउन ३२ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यापिटलको रजिस्टार कार्यालय थापाथलीमा बोलाइएको छ ।
क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।