सोवितादेखि गगन थापासम्मले बुझाएनन् चुनाव खर्च, जनही १५ हजार जरिवाना (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने झन्डै साढे २ हजार उम्मेदवारलाई कारबाही गरेको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउने २ हजार ४३५ जना उम्मेदवारलाई जनही १५ हजार जरिवाना गरेको हो ।

आयोगका अनुसार कारबाहीमा पर्नेमा १ हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र १ हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवार रहेका छन् ।

तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।

कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री नेता एनपी साउद, रमेश लेखक, उमकान्त चौधरी लगायत छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम, रास्वपाकै गणेश पराजुली, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायत रहेका छन् ।

 

निर्जीवन बीमा व्यवसाय : शिखरको वर्चश्व कायमै, सलिको र सिद्धार्थ प्रिमियर पछ्याउँदै Read Previous

निर्जीवन बीमा व्यवसाय : शिखरको वर्चश्व कायमै, सलिको र सिद्धार्थ प्रिमियर पछ्याउँदै

रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन Read Next

रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन