रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २७ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा १२ लाख कित्ता सेयर निष्काशन गरेको छ ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँदछ ।

सोवितादेखि गगन थापासम्मले बुझाएनन् चुनाव खर्च, जनही १५ हजार जरिवाना (सूचीसहित) Read Previous

सोवितादेखि गगन थापासम्मले बुझाएनन् चुनाव खर्च, जनही १५ हजार जरिवाना (सूचीसहित)

भारतबाट ५१ करोडको कोदो आयात, साढे ७ करोडको फर्सी Read Next

भारतबाट ५१ करोडको कोदो आयात, साढे ७ करोडको फर्सी