सडकले नछोएको जग्गा धितो राखेर बैंकबाट २० लाखसम्म ऋण पाइने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले  सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्वीकारी बैंकहरूले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले कृषि कर्जा मागको फाइल ७ कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने छ ।

कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ ।

वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

भारतको प्रतिबन्धले महँगिँदै चामल, यसवर्ष १५ लाख मेट्रिकटन धान नपुग्ने Read Previous

भारतको प्रतिबन्धले महँगिँदै चामल, यसवर्ष १५ लाख मेट्रिकटन धान नपुग्ने

तरकारी खेती गर्दै विद्यार्थी, दैनिक १ क्विन्टल तरकारी उत्पादन Read Next

तरकारी खेती गर्दै विद्यार्थी, दैनिक १ क्विन्टल तरकारी उत्पादन