अनररी कन्सुलरको डिनमा विष्णुकुमार अग्रवाल नियुक्त

काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको र्याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ ।

सम्माननीय उप–राष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा माननीय परराष्ट्र मन्त्री एनपी साउदको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले चेक रिपब्लिकका लागि अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ ।

सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती भएका थिए । हालै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।

उलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।

एचसीसीएनका नवनियुक्त डिन अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गरेका बताए ।

२०७२ को विनाशकारी भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्दार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उल्लेख गरे ।

‘एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्दै आएको छ । म परराष्ट्रमन्त्री ज्यूलाई एचसीसीएनलाई परराष्ट्र मन्त्रालयले आफ्नो महत्वपूर्ण अंगका रुपमा लिएर पर्यटन, वैदेशिक लगानी, स्वदेशी उत्पादनको प्रवद्र्धन, द्धिपक्षीय सम्बन्धको विस्तारलाई अझ बढावा दिन आग्रह गर्न चाहन्छु,’ उनले भने ।

नवनियुक्त डिनले निवर्तमान डिन दिनेश श्रेष्ठ र उनको टिमलाई एचसीसीएनको महत्वलाई नयाँ उचाइमा पुर्याउनु भएकोमा धन्यवाद दिए ।

पोखराको पृथ्वीचोकदेखि सेतीपुलसम्म पार्किङ निषेध Read Previous

पोखराको पृथ्वीचोकदेखि सेतीपुलसम्म पार्किङ निषेध

नेप्सेमा नेशनल लाइफको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा नेशनल लाइफको बोनस सेयर सूचीकृत