नेप्सेमा नेशनल लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा नेशनलको ८ प्रतिशत अर्थात् ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अनररी कन्सुलरको डिनमा विष्णुकुमार अग्रवाल नियुक्त Read Previous

अनररी कन्सुलरको डिनमा विष्णुकुमार अग्रवाल नियुक्त

मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ : अर्थमन्त्री Read Next

मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ : अर्थमन्त्री