राष्ट्र बैंकले घटायो कर्जा विस्तारको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ विस्तार गर्ने कर्जाको लक्ष्य घटाएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य घटाएको हो ।

राष्ट्र बैंकले चालु वर्षमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जार विस्तार गर्ने लक्ष्य राखेको छ । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरी कर्जा विस्तार लक्ष्य राखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष राखेको कर्जा विस्तारको लक्ष्य नभेट्टाएपछि चालु वर्षमा घटाएको हो । गत वर्ष १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेकोमा पम्मा ३ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ, ताकेत गर्न कुलमान फिल्डमै पुगे Read Previous

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ, ताकेत गर्न कुलमान फिल्डमै पुगे

घरकर्जामा राष्ट्र बैंकको लचकता, आवासीय कर्जाको सीमा बढाइयो Read Next

घरकर्जामा राष्ट्र बैंकको लचकता, आवासीय कर्जाको सीमा बढाइयो