अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीआमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सोमध्ये २ लाख ५४ हजार ९०२ कित्ता आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका-३ का बासिन्दा र २ लाख ५४ हजार ९०२ कित्ता सो बाहेकका सम्पूर्ण दैलेखबासीका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अघिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । स्थानीयले आयोजना स्थल, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

 

चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा भाउ बढ्ने Read Previous

चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा भाउ बढ्ने

शनिबार काठमाडौंका यी ठाउँमा दिनभर बिजुली जाने Read Next

शनिबार काठमाडौंका यी ठाउँमा दिनभर बिजुली जाने