शनिबार काठमाडौंका यी ठाउँमा दिनभर बिजुली जाने

काठमाडौं । भोलि (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत् सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने भएकाले बिहान ८:३० बजेदेखि ४:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर(१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।

त्यस्तै, पुल्चोक फिडर अन्तर्गत बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा, चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने छ ।

त्यसैगरी, त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, भैंसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा, क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन Read Previous

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्र बैंकको कडाइपछि एकतिहाईले घट्यो सेयर कर्जा Read Next

राष्ट्र बैंकको कडाइपछि एकतिहाईले घट्यो सेयर कर्जा