काठमाडौं । सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ एकैदिन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत जेठ १९ गते प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १०० पैयाँमा कारोबार भइरहेको छ
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९८४.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।