विमानस्थल क्षेत्रबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद, ५ जना पक्राउ

काठमाठौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा विमानस्थल भन्सार पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ ।उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो ।

बरामद भएको सुनको परिमाण नखुले पनि करिब ८० देखि १०० किलो रहेको बताइएकाे छ । यो अहिलेको बजार मूल्यका आधारमा १ अर्ब बढी मूल्यको हुन्छ ।नेपालमा एकैपटक यति ठूलो परिणाममा सुन बरामद भएको यो पहिलो पटक हो ।

राजस्व स्रोतका अनुसार उक्त सुन हङकङबाट क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं ल्याइएको बताइएको छ । उक्त सुन मोटरका पार्टस (ब्रेक शु)भित्र राखेर ल्याइएको थियो ।

हिजाे राजस्व टोलीले उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको थियाे अाज थप २ जना पक्राउ परेका छन् । अहिले सो सुनको बारेमा अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

 

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ Read Previous

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने Read Next

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने