हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता ५० रुपैयाँ दरले १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

त्यसैगरी, कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २५० कित्ता सेयर निष्काशन गरेको छ ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन ४ देखि १८ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धी रह्यो : अर्थमन्त्री डा. महत Read Previous

जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धी रह्यो : अर्थमन्त्री डा. महत

विमानस्थल क्षेत्रबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद, ५ जना पक्राउ Read Next

विमानस्थल क्षेत्रबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद, ५ जना पक्राउ